+
+

मैले उपराष्ट्रपतिमा दाबी गरेकी छैन : पूर्वसभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते ९:२५

१५ पुस, काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन् । आफूले उपराष्ट्रपति पदमा दाबी गरेको भन्ने हल्ला चलेको र केही सञ्चार माध्यमले समाचार समेत बनाएको भन्दै उनले त्यसको खण्डन गरिन् ।

घर्तीले अनलाइनखबरसँग भनिन्, ‘मैले उपराष्ट्रपतिमा दाबी गरेकी छैन र गर्दिनँ पनि, मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु ।’

आफूले पार्टी नेतृत्व समक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?