+
+

दयाहाङ र मिरुनालाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १७:०९

काठमाडौं । दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा फिल्म बन्न लागेको पटकथा लेखक समेत रहेका लामाले जानकारी दिए ।

आफ्नो छैटौं फिल्मको रुपमा लामाले ‘दुई नम्बरी’पछि दयाहाङसँग सहकार्य गर्न लागेका हुन् । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’पछि टिमअप हुन लागेको हो । अन्य कलाकार चाँडै तय गर्ने लामाले अनलाइनखबरलाई बताए ।

सन् २०१४ को फिल्म ‘नागबेली’मा पटकथा लेखेर फिल्म करिअर थालेका लामाको पहिलो निर्देशकीय फिल्म घामपानी हो । त्यसबाहेक गोपी, छ माया छपक्कै र दुई नम्बरीलाई पनि निर्देशन गरेका छन् ।

चैत महिनादेखि छायांकन सुरु हुने फिल्मबारे निर्देशक लामाले भने, ‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपन, निर्लज्जता र ढोंगप्रति कडा व्यङ्ग्य गर्ने तयारी गरेका छौं ।’

फिल्ममा दर्शकले हास्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउने लामाले बताए । पटकथा लेखन अन्तिम चरणमा पुगेको र पहाडी गाउँमा फिल्म छायांकन हुने उनले जानकार िदिए ।

‘नाङ्गो गाउँ’लाई मनिषा फिल्म्स प्रालिले निर्माण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?