
१५ पुस, कपिलवस्तु । बन्यजन्तु नीलगाई मारेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
उनीहरुलाई नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका– ८ शिंहखोरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।
पक्राउ पर्नेमा जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमान छन् ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4