+
+

बुद्धिचाल संघ ५१ जिल्लामा विस्तार हुँदै, चैतमा निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १३:४५

१७ पुस, काठमाडौं । नेपाल बुद्धिचाल संघको निर्वाचन आगामी चैत ३ र ४ गते काठमाडौं हुने भएको छ ।

राखेपले गत साता गठन गरेको तदर्थ समितिको बैठकले स्थानीय तह, जिल्ला र प्रदेश हुँदै चैत पहिलो साता केन्द्रीय साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

खेलकुद विकास ऐन २०७७ को अनुकुल हुने गरी विधान संशोधन गरी सबै तहको अधिवेशन गर्ने निर्णयसमेत भएको छ ।

विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष सुबोध सेर्पालीको संयोजकत्वमा मोनालिसा खम्बो, यज्ञप्रसाद पन्त, ताराबहादुर रानाभाट र उमेश केसी सम्मिलित समिति बनाइएको छ । यो समितिलाई एक साताको समय दिइएको छ ।

समितिले ऐनअनुकुल हुने गरी विधानको प्रारुप, केन्द्रीय कार्यसमितिमा पदाधिकारी संख्या र संघलाई थप विस्तार गर्ने गरी काम गर्नेछ ।

तदर्थ समितिका उपाध्यक्ष हेराकाजी महर्जनका अनुसार शनिबारको बैठकले बुद्धिचाल संघको सन्जाललाई २९ जिल्लाबाट विस्तार गरी ५१ जिल्लासम्म पुर्याइने निर्णय भएको छ । उनका अनुसार ३१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पनि चुस्त बनाइनेछ ।

विधान समितिका सदस्य तथा फिडे रुस कमिसनका काउन्सिलर उमेश केसीका अनुसार ऐनअनुसार स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रबीचको सहकार्य र समन्वयका लागि पनि सैद्धान्तिक रुपमा विधानमा समावेश गरिनेछ ।

बुद्धिचाल संघमा हाल कायम रहेका जिल्ला :

बैतडी ,डडेल्धुरा, कन्चनपुर, कैलाली, जुम्ला, रुपन्देही, पाल्पा, नवलपुर, कास्की, बाग्लुङ, पर्वत, तनहँु, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, दोलखा, मकवानपुर, धाडिङ, महोत्तरी, सप्तरी, धनुषा, पर्सा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर ।

थप गर्न लागिएका जिल्ला :

डोटी, दैलेख, सुर्खेत , हुम्ला, सल्यान, पश्चिम रुकुम, प्युठान, बाँके, बर्दिया, स्याङ्जा , लमजुङ, रामेछाप, सिन्धुपाल्चोक, चित्तवन, सिरहा, बारा, सर्लाही, रौतहट, ताप्लेजुङ, तेह्रथुम, उदयपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?