+
+

बाराबाट पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ६:५९

१८ पुस, वीरगञ्ज ।बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको हो ।

आइतबार साँझ पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको उनले बताए ।

त्यसैगरि चन्दनको आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड, ११ हजार २ सय ७० भारतीय रूपैयाँ र मोबाइल सेट समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको सामाग्री सहित चन्दनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?