+
+

चीनका कार्यवाहक राजदूतले भने– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन र नेपालको साँचो प्रेमको साक्षी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ८:२७

१८ पुस, काठमाडौं । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको राष्ट्रिय सम्मानको प्रतीक भनेर प्रशंसा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गतको प्रमुख परियोजना हो भन्दै उसले यो ‘उज्ज्वल व्यापार कार्ड’ पनि बनेको उल्लेखसमेत गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहलाई आइतबार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नेपालसँगै ‘बेल्ट एण्ड रोड’ लाई संयुक्त निर्माणका लागि उज्ज्वल व्यापार कार्ड बनेको हो ।’ विमानस्थल उदघाटनको अघिल्लो दिन नै नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सन्जालमार्फत् यो बीआरआई अन्तर्गतको प्रमुख परियोजना भएको उल्लेख गर्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको थियो ।

नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल, चीन र विश्वका अन्य देशका मानिसहरूको आवतजावत सहज बनाउने उड्डयन केन्द्र मात्र नभएर, विषम परिस्थितिमा चीन र नेपालबीचको साँचो प्रेम र आपसी सहयोगको साक्षी दिने मित्रता परियोजना पनि भएको बताएका छन् । ‘यो चीन र नेपालबीच साझा समुदाय निर्माण गर्ने र साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त प्रमाण हो,’ उनले भनेका छन् ।

दुई राष्ट्र प्रमुखको निर्देशन अनुसार, नेपालमा ‘बेल्ट एण्ड रोड’ को परिकल्पनालाई वास्तविकतामा परिणत गरी, फलदायी नतिजाहरू हासिल गर्न परियोजना अघि सारिएको बताउँदै उनले हिमाल पारी ‘अन्तरदेशीय रेलमार्ग’ निर्माण गर्न सँगै काम गर्ने उल्लेखसमेत गरे ।

चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र आम जनताको अपेक्षा भएको बताउँदै उनले भने, ‘दुई देशका नेताबीच भएको सहमति अनुसार चीनले नेपालको सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग पु¥याउन नेपाललाई दिएको सहायता प्रयोग गर्न चीन सहमत भएको छ । यस ‘अन्तरदेशीय रेलमार्ग’ निर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भर्खरै नेपाल आएको छ र ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना अन्ततः साकार हुनेछ ।’ चीन–नेपाल आयात–निर्यात दिगो सम्बन्धको निर्माण गर्न हातेमालो गर्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा दुई देशका जनताको संयुक्त प्रयासले विकास र समृद्धिका लागि पुस्तादेखि पुस्तासम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीले नयाँ र बृहत् विकास हासिल गर्ने र दुई जनताका कल्याणका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास लिएको पनि उनले बताए ।

कोभिड–१९ को महामारीमा दुई देशका जनताले एकअर्कालाई सहयोग गर्दै मित्रताको नयाँ अध्याय लेखेको बताउँदै उनले चीन र नेपालबीचको उच्चगुणस्तरको ‘बेल्ट एण्ड रोड’ को  संयुक्त निर्माणले नेपालको अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनका व्यावहारिक आवश्यकताहरू पूरा गर्ने तथ्यले प्रमाणित गरेको दाबी गरेका छन् । ‘बेल्ट एन्ड रोड निर्माणले नयाँ वर्षमा नेपाल–चीनबीचको मैत्रीपूर्ण र सहकारी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको उनले बताए ।

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठनसँगै नेपाल राष्ट्रिय समृद्धि र विकासको नयाँ सुरुवाती विन्दुमा उभिएको भन्दै कार्यवाहक राजदूत वाङले चीनले आफ्नो छिमेकी मुलुकको कूटनीतिमा नेपाललाई सधैं प्राथमिकतामा राखेको बताए । ‘चीन राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक र सामाजिक विकास हासिल गर्न नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ र दुई देशबीच विभिन्न क्षेत्रमा मित्रवत आदान–प्रदान र सहयोगलाई विस्तार र गहिरो बनाउन नेपालसँग काम गर्न इच्छुक छ,’ उनले भने ।

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ–

सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यू,

सम्माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल ज्यू, र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका निर्देशक मा थओ,

सम्माननीय नेपाल सरकारका अधिकारीहरु र नेपालस्थित राजदूतहरू,

महिला तथा सज्जनवृन्द र मिडिया साथीहरु,

शुभबिहानी !

चिनियाँ सरकारको सहयोगमा नेपाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड र अन्य अतिथिहरूसँगै उपस्थित हुन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो । यस्तो रोमाञ्चक बेलामा म नेपालस्थित चिनियाँ राजदूतावासको तर्फबाट नयाँ विमानस्थलको सुचारुका लागि हार्दिक बधाई दिन चाहन्छु । वर्षौंदेखि यस परियोजनामा सक्रिय समर्थन र बलियो सहयोगका लागि म सम्माननीय प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई हृदयदेखि धन्यवाद दिन्छु । परियोजना टोली र चिनियाँ–नेपाली दुवै पक्षको सबै इन्जिनियरिङ् र प्राविधिक कर्मचारीहरूको कडा परिश्रम र उत्कृष्ट योगदानका लागि पनि धन्यवाद दिन्छु ।

पोखरा विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य र पर्वतारोहीका लागि स्वर्ग हो । पोखरा सम्माननीय प्रधानमन्त्री प्रचण्डको गृहनगर पनि हो । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना हो । सन् १९७१ मा यस परियोजनाको जग्गा स्वीकार भएदेखि सन् २००८मा चिनियाँ सि.ए.एम.सि कम्पनीले अध्ययन गर्नका लागि नेपाल भ्रमण गरेसम्म, सन् २०१६मा ग्राउन्डब्रेक समारोह आयोजित भएदेखि महामारीको प्रकोप भएपछि कर्मचारीहरू निर्माण साइटमा खटेसम्म, हामीले भव्य र पवित्र माछापुच्छ्रे तथा शान्त र सुन्दर फेवा तालको छेउमा उठेको एकदमै नयाँ आधुनिक फोर–डी स्तरको विमानस्थल देखेका छौं ।

नयाँ विमानस्थल चीन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको हो, जसले चिनियाँ इन्जिनियरिङको गुणस्तरको मूर्त रूप दिन्छ र नेपालको राष्ट्रिय सम्मानको प्रतीक पनि हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नेपालसँगै ‘बेल्ट एण्ड रोड’ लाई संयुक्त निर्माणका लागि उज्ज्वल व्यापार कार्ड बनेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले दुई देशका नेताहरूका ठूलो चासो पाएको छ । सम्माननीय प्रधानमन्त्री प्रचण्डले यसै शताब्दीको सुरुमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउनु भयो । सन् २०१९मा चिनियाँ राष्ट्रध्यक्ष सी चिन फिङले नेपाल भ्रमणका अवधिमा हामी दुई पक्षले घनिष्ट सहकार्य गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडो सम्पन्न गरी प्रयोगमा ल्याउनुपर्ने कुरा बताउनु भयो ।

गत वर्षको मार्चमा चिनियाँ राज्य काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ् यीले नेपाल भ्रमणका अवधिमा नेपाली पक्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा स्थापना आयोजनाको समापन समारोहमा भाग लिनु भएको थियो । आयोजना निर्माण अघि बढाउन नेपालका कयौं प्रधानमन्त्रीले विमानस्थलको भ्रमण गरेका छन् ।

विमानस्थल निर्माणका क्रममा चिनियाँ र नेपाली जनता परिवार जस्तै तथा हातमा हात मिलाएर सपना साकार पार्ने मन छुने कथाहरू बुनिएका थिए । जब नयाँ विमानस्थल निर्माण सुरु भएको थियो, हजारौं स्थानीय जनताहरू गीत र नृत्यसँग उत्सव मनाउन साइटमा आएका थिए ।

परियोजना निर्माणको पक्षले प्रक्रियाका रूपमा स्थानीय समुदायलाई लाभ दिनका लागि कालिका पब्लिक कलेजलाई ट्युसन शुल्कमा सब्सिडी दिई पुस्तकहरु दान गरेका छन्, पोखरा सहरका मुख्य सडक र पुल मर्मत गरेका छन् र स्थानीय कर्मचारीका परिवार सदस्यहरूलाई महामारी नियन्त्रणका सामग्री वितरण गरेका छन् । झन्डै एक हजार नेपाली कामदारहरूले परियोजनामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन्, विमानस्थल निर्माणसँगै उनीहरूले सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका छन् ।

नयाँ विमानस्थल नेपाल, चीन र विश्वका अन्य देशका मानिसहरूको आवतजावत सहज बनाउने उड्डयन केन्द्र मात्र नभएर, विषम परिस्थितिमा चीन र नेपालबीचको साँचो प्रेम र आपसी सहयोगको साक्षी दिने मित्रता परियोजना पनि हो । यो चीन र नेपालबीच साझा समुदाय निर्माण गर्ने र साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त प्रमाण हो ।

साथीहरू,

२०२३ मा, हामी राष्ट्रपति सी चिनफिङको ‘बेल्ट एण्ड रोड’ पहलको दसौं वार्षिकोत्सव मनाउँदै छौं । ‘बेल्ट एण्ड रोड’ परियोजना मानवजातिको साझा भविष्य निर्माण गर्ने एउटा व्यावहारिक प्लेटफर्म हो र यसले नेपाललगायत विश्वभरका देशहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

सन् २०१७ मा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा चीन र नेपालबीच ‘बेल्ट एण्ड रोड’ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । सन् २०१९ मा राष्ट्रपति भण्डारी दोस्रो ‘बेल्ट एन्ड रोड’ को अपरेशन शिखर सम्मेलनमा सहभागी हुन चीन जानु भएको थियो । सोही वर्ष राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभयो र उहाँले ‘हिमालय वारिपारीका चीन र नेपालबीच संयुक्त रूपमा बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने’ घोषणा गर्नुभयो ।

दुई राष्ट्र प्रमुखको निर्देशन अनुसार, नेपालमा ‘बेल्ट एण्ड रोड’ को परिकल्पनालाई वास्तविकतामा परिणत गरी, फलदायी नतिजाहरू हासिल गर्न परियोजना अघि सारिएको छ ।

हामी हिमाल पारी ‘अन्तरदेशीय रेलमार्ग’ निर्माण गर्न सँगै काम गर्छौं । चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र आम जनताको अपेक्षा हो । दुई देशका नेताबीच भएको सहमति अनुसार चीनले नेपालको सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग पु¥याउन नेपाललाई दिएको सहायता प्रयोग गर्न चीन सहमत भएको छ । यस ‘अन्तरदेशीय रेलमार्ग’ निर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भर्खरै नेपाल आएको छ र ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना अन्ततः साकार हुनेछ । चीन–नेपाल आयात–निर्यात दिगो सम्बन्धको निर्माण गर्न हातेमालो गर्छौं ।

महामारीको प्रकोप पछि चिनियाँ पक्षले चीन–नेपाल बन्दरगाहको आयात निर्यात कार्यलाई निर्वाध राख्न कडा मेहनत गरेको छ भने अरनिको राजमार्गको तेस्रो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको छ, जसले नेपालमा उत्पादन र जीवन सामग्रीको आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । केरुङ बन्दरगाहले हालै दुईतर्फी ढुवानी कार्य सुचारु गरेको छ । नेपाली सामानले भरिएका सवारीसाधन चीन भित्रिएका छन्, नेपाली उत्पादनहरु चीनमा निकासी हुने भएका छन् । चीन–नेपाल व्यापारमा नयाँ वसन्त शुरु हुनेछ । आम जनताको खुशी र लाभ निर्माण गर्न हामीसँगै काम गर्छौं ।

चिनियाँ सहयोगमा निर्माण भएको निजामती अस्पतालको काम सम्पन्न हुने भएको छ । सिन्धुपाल्चोक अस्पताल निर्माणाधीन छ, जसले वरपरका मानिसहरूको स्वास्थ्य अवस्था धेरै सुधार गर्नेछ । नेपाललाई चीनको सहयोगको १४ औं ब्याचको मेडिकल टोलीले पनि स्थानीय जनतालाई निदान र उपचार सेवा उपलब्ध गराउने काममा जुटेको छ । दरबार हाई स्कूल, भैरब माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय आदिको भूकम्पपछिको पुनर्निर्माणका अन्य आयोजनाहरू सम्पन्न र हस्तान्तरण गरिसकिएकाले उज्यालो र सफा फ्यालहरू भएको कक्षाकोठाबाट ठूलो स्वरमा पढेको आवाज आइरहेको छ ।

हामी आपसी समझदारी र आत्मीयतालाई बढावा दिने मित्रताको पुल निर्माण गर्न सँगै काम गर्छौं ।

कोभिड–१९ को महामारीमा दुई देशका जनताले एकअर्कालाई सहयोग गर्दै मित्रताको नयाँ अध्याय लेखेका छन् । एउटा प्रख्यात चलचित्र ‘हावाको पर्खाइ’ ले चिनियाँ जनतालाई नेपालको मनमोहक दृश्य र मानवीय आकर्षणको बारेमा जानकारी गराएको छ । चीनले जनवरी ८ बाट चिनियाँ र विदेशी व्यक्तिहरूको प्रवेशमा महामारी रोकथाम प्रतिबन्धहरू खारेज गर्नेछ र चिनियाँ नागरिकहरूको बाहिरी यात्रालाई व्यवस्थित रूपमा सुचारु गर्नेछ । मलाई विश्वास छ यसले नेपालको ‘दश वर्षको पर्यटन’ योजनालाई सफल बनाउन मद्दत गर्नेछ ।

चीन र नेपालबीचको उच्चगुणस्तरको ‘बेल्ट एण्ड रोड’ को  संयुक्त निर्माणले नेपालको अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनका व्यावहारिक आवश्यकताहरू पूरा गर्ने, तथ्यले प्रमाणित गरेको छ,  वास्तविक फलदायी प्रगति ल्याएको छ, नेपाली जनतालाई मूर्त लाभ दिने,  बलियो आकर्षण र जीवन्तता प्रदर्शन गर्ने, साझा विकास प्रवर्द्धन र साझा समृद्धि हासिल गर्ने, चीन र नेपाल बीच साझा जीतको बाटो बनाउने, आपसी समझदारी र विश्वास बढाउने, शान्ति र मित्रताको आदानप्रदानलाई चौतर्फी रूपमा बलियो बनाउने, चीन–नेपाल ‘बेल्ट एन्ड रोड’ निर्माणले नयाँ वर्षमा नेपाल–चीनबीचको मैत्रीपूर्ण र सहकारी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

साथीहरू,

गत वर्षको अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भयो र चीनले चौतर्फी रूपमा आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रा सुरु गरेको छ । आफ्नो प्रतिवेदनमा राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ शैलीको आधुनिकीकरणको आवश्यक आवश्यकताहरू व्याख्या गर्दै चीनले मित्रता, इमानदारीता, पारस्परिक लाभ र समावेशीता र छिमेकीहरूसँगको साझेदारीको कूटनीतिक नीतिलाई पालना गर्ने, उच्चस्तरीय खुलापनलाई प्रवर्द्धन गर्ने कुरामा जोड दिनुभयो । उच्चस्तरको खुलापनलाई बढावा दिने, ‘बेल्ट एण्ड रोड’ गुणस्तर विकासको संयुक्त निर्माणलाई प्रवर्द्धन गर्ने, छिमेकी देशहरूसँगको मित्रता, आपसी विश्वास र चासोको एकीकरणलाई प्रगाढ बनाउने; यसले बदलिँदो समयमा प्रमुख राष्ट्रका रूपमा चीनको जिम्मेवारीलाई पूर्णरूपमा देखाउँछ र नेपाललगायत विकासोन्मुख देशहरूमा नयाँ अवसर ल्याउनेछ ।

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठनसँगै नेपाल राष्ट्रिय समृद्धि र विकासको नयाँ सुरुवाती विन्दुमा उभिएको छ । चीनले आफ्नो छिमेकी मुलुकको कूटनीतिमा नेपाललाई सधैं प्राथमिकतामा राखेको छ, राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक र सामाजिक विकास हासिल गर्न नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ र दुई देशबीच विभिन्न क्षेत्रमा मित्रवत आदान–प्रदान र सहयोगलाई विस्तार र गहिरो बनाउन नेपालसँग काम गर्न इच्छुक छ; संयुक्त रूपमा उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ निर्माण ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा दुई देशका जनताको संयुक्त प्रयासले विकास र समृद्धिका लागि पुस्तादेखि पुस्तासम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीले नयाँ र बृहत् विकास हासिल गर्ने र दुई जनताका कल्याणका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास लिएका छौं ।

अन्तमा नयाँ वर्ष २०२३ को आगमन र आउँदै गरेको चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्ड र नेपाली जनतामा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

यहाँहरु सबैलाई धन्यवाद !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?