+
+

टोटनहममाथि एस्टनभिल्लाको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते ९:०७

१८ पुस, काठमाडौं । युनाई एमरीको नेतृत्वमा सुधारिएको प्रदर्शन गरिरहेको एस्टन भिल्लाले टोटनहमलाई हराएको छ । आइतबार राति भएको खेलमा भिल्लाले टोटनहमलाई उसकै घरेलु मैदानमा २-० ले हराएको हो ।

टोटनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले गोलकिपर हृयुगो लोरिसको गल्तीको कारण पहिलो गोल खाएको थियो । विश्वकप पछि पहिलो खेल खेलिरहेका लोरिसले खेलको ५०औं मिनेटमा डगलिस लुइसको निकै टाढाबाट हानेको बल रोकेका थिए । तर बललाई राम्ररी नियन्त्रणमा लिन सकेनन् ।

त्यही बललाई नियन्त्रणमा लिएर ओली वाट्किन्सले मिलाइदिएको पासमा एमिलियानो बोन्डेयाले गोल गरे ।

लुइसले गोल गरेपछि खेल भिल्लाको पक्षमा गयो । खेलको ७२औं मिनेटमा जोन क्याकेनले लिएको पासमा उनले उत्कृष्ट गोल गरेका थिए । एकपछि अर्को अवे खेल जितेकोमा खुसी एस्टन भिल्लाका प्रशिक्षक एमरीले खेलाडीहरुको प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘हामी खुसी छौं, हामीले निकै राम्रोसँग (खेल) सक्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?