+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देउवा पक्षका सातै प्रदेशका कांग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:३२

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।

सभापति देउवाले आफू निकटका नेताहरुलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ ।

‘सभापति देउवा पक्षका सबै केन्द्रीय सदस्यको बैठक बोलाउनुपर्ने माग थियो’, देउवा पक्षीय एक केन्द्रीय सदस्य भन्छन्, ‘धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ ।’

प्रदेश १ का देउवा पक्षको बैठक बुधबारका लागि बोलाइएको छ । पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् । बुधबार प्रदेश १ का केन्द्रीय सदस्यको छलफल डाकिएको कार्कीले जानकारी दिए । ‘समसामयिक विषयमा छलफल गर्न बैठक गर्न लागिएको हो,’ कार्कीले अनलाइनखबरसँग भने ।

देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?