+
+

उच्च अंकले बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १५:१९

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।

बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ । बुधबार सबै उपसूचकमा हरियाली छायो । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकमा ९.७४ प्रतिशतको उछाल आयो ।

बुधबार ८ वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।

उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो । बुधबार हिमलयन डिष्ट्रिलरी, सानिमा माइ हाइड्रो, नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीको सर्वाधिक कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?