+
+

साविक विजेता एपीएफलाई स्तब्ध पार्दै संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष २० गते १७:५४
गोल गरेपछि खुसी मनाउँदै संकटाका खेलाडी । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

२० पुस, पोखरा । साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले २–२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले एक गोल गरे ।

संकटाले खेलको सुरुमै अग्रता लिएको थियो । खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । अर्का विदेशी खेलाडी मेसुके ओलामाउको पासको पासलाई रिसिभ गर्दै बललाई उनले ‘वन एन्ड वन’को स्थितिमा विपक्षी गोलपोस्टको जाली चुमाएका हुन् ।

खेलको ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन ।

खेलको ६० औं मिनेटमास्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्‍याए । उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई बिना गल्ती सुन्दर फिनिसिङ दिएका हुन् । जारी प्रतियोगितामा उनको यो तेस्रोे गोल हो । यसअघि विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दा उनले एक गोलको योगदान गरेका थिए ।

खेलको एपीएफ निकै आक्रामक बनेको थियो । ७३ औं मिनेटमा एपीएफका हरि कार्कीले एपीएफका लागि सान्त्वता गोल गर्न सफल रहे । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटो पासलाई सहजै गोल गर्न सफल रहे ।

तर, ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई अझै लम्बाए । उनले मैदानको मध्यभागबाट आन्ध्रे बियिकले दिएको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि उनले आर्मीसँगको खेलमा पनि एक गोल गरेका थिए ।

नयाँ खेलाडी अनुबन्ध गरेर पहिलो पटक प्रतियोगितामा होमिएको संकटाले साविक विजेता एपीएफलाई हराउँदै २२ औं आहारारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । यसअघि ०७७ को सेमिफाइनलमा पनि एपीएफलाई संकटाले पराजित गरेको थियो ।

बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेको संकटाले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । एपीएफले बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको पूर्वेली क्लब धरान एफसीलाई पराजित गरी सेमिफाइनल प्रवेश गरेको थियो ।

२ चोटि मैदानमा, २ चोटि नै संकटा हाबी

२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपसम्म आइपुग्दा दुवै टोलीले एकएक पटक उपाधि चुमेका छन् । जसमा आजको खेलसहित जम्मा २ पटकमात्रै मैदानमा भिडेका छन् ।

यसअघि २०७७ सालको सेमिफाइनलमा दुवै टिम भिडेका थिए । जसमा एपीएफलाई २–० ले स्तब्ध पार्दै संकटा फाइनलमा पुगेको थियो । र, सोही वर्ष नै संकटाले पहिलो पटक आहा राराकै उपाधि जित्न सफल रह्यो ।

आहा रारामा यो एपीएफको छैटौं सेमिफाइनल खेल हो । एकपटक उपाधि जित्दा एपीएफ २ पटक फाइनल पुगेको छ ।

एपीएफले अघिल्लो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दीलाई हराउँदै पहिलो पटक उपाधि चुमेको थियो । निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि सडेनडेथमा एपीएफले ५–४ ले उपाधि हात पारेको थियो ।

अघिल्लो वर्षको ए डिभिजन लिगमा केही खस्किएको संकटा यसै सिजनदेखि खेलाडी अनुबन्धमा आक्रामक तरिकाले लागेको छ । हालैमात्रै ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ ।

संकटामा प्रवेश पाउने नयाँ सदस्यमा राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापा छन् । विभागीय टिम आर्मीलाई क्वाटरफाइनलमा रोक्दा संकटा पहिलो पटक आफ्ना नयाँ खेलाडीसहित मैदानमा उत्रिएको हो ।

भोलि (बिहीबार) फाइनल प्रवेशका लागि चर्च युनाइटेड एफसी र भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससी हुनेछ । भोलिको विजेतासँग पुस २३ गते उपाधिका लागि संकटाले सामना गर्नुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?