+
+

काठमाडौं महानगरको राजश्व संकलन बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते २०:५३

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजश्व संकलनमा वृद्धि गरेको छ । गतवर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा वृद्धि भएको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले राजश्व समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

अधिकारीले राजश्व संकलनको प्रगति सुनाउँदै गएको वर्ष पुस १५ गते सम्ममा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएकोमा यो वर्ष अङ्क बढेर ४ अर्व ३४ करोड रुपैयाँ पुगेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजश्व परामर्श समितिले नगर सभामा प्रस्ताव लैजाने निर्णय भएको छ । बुधबार उपप्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

व्यवसायीले स्वीकृति नलिई वा मापदण्ड विपरीत राखेका परिचय पाटी महानगरपालिकाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा ५ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ हुने निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?