+
+

फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १२:२७

काठमाडौं । कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९७१ को भारत-पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा घोषणा गरिएको थियो । कथाको प्रामाणिकतामा प्रश्न उठेपछि अक्षयले फिल्मबाट बाहिरिने निर्णय गरेको स्रोतले खुलासा गरेको छ ।

स्रोतलाई उध्दृत गर्दै हिन्दूस्तान टाइम्स लेख्छ, ‘युद्धको समयमा मेजर जनरल कार्डोजोसँग अन्य भेट्रान पनि जोडिन पुगेका थिए । तर घटनाको तथ्यलाई लिएर केही प्रश्नचिन्ह अवश्य छन् । अक्षयलाई सशस्त्र बलप्रति उच्च सम्मान छ र शंकको छायामा हुन सक्ने कथासँग उनी जोड्न चाहँदैनन् ।’

यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल कार्डोजोले ७१ को युद्धका क्रममा बारुदी सुरुङमा पाइला टेकेर खुकरीले आफ्नै खुट्टा काटेको बताइएको छ । गत वर्ष अगस्टमा रायले फिल्मको बारेमा सोध्दा आफूहरुले यसमा काम गरिरहेको र स्क्रिप्ट लक भएपछि फ्लोरमा जाने बताएका थिए । अक्षयका प्रवक्ताले थप विवरण नदिई आफूले उनले फिल्म नगर्ने पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?