+
+

कोलम्बोमा ‘लंका प्रिमियर लिग’, नेपालमा सट्टेबाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १३:५०

२१ पुस, काठमाडौं । श्रीलंकामा ६ देखि २३ डिसेम्बरसम्म भएको लंक प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालबाट सट्टेबाजी भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नरदेवी बस्दै आएका भारतीय नागरिक भवनकुमार शर्मा र बूढानीलकण्ठका रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेर गरेको अुनसन्धानका क्रममा उनीहरुले श्रीलंकामा भएको खेलमा सट्टेबाजी गरेको खुलेको हो ।

काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार उनीहरुबाट बरामद मोबाइलको प्राविधिक जाँच गर्दा लंका प्रिमियर लिगसहित पाकिस्तानमा भएको पाकिस्तान र इंग्ल्याण्डबीचको टेस्ट म्याचमा पनि सट्टेबाजी भएको खुलेको छ ।

पक्राउ परेका पोखरेलले बयानका क्रममा शर्माले आफूलाई ‘डाइमन्ण्ड एक्सचेन्ज’ नामक वेवसाइटबाट खाता खोलेर सट्टेबाजी गर्न सिकाएको बताएका छन् ।

प्रहरीका अनुसार उनीहरुले वेवसाइटमार्फत खेलमा कुन खेलाडीले कति रन लिन्छ, कति ओभरमा कति रन स्कोर गर्छ भनेर म्यासेजमार्फत पूर्वानुमान गर्ने गरेका थिए । उनीहरुले अन्य व्यक्तिहरुलाई पनि सट्टेबाजीमा संलग्न गराएको प्रहरीको भनाइ छ ।

सट्टेबाजीबाट भएको हारजितको रकम लिने काम पोखरेल कार्यरत जमलस्थित कान्तिपुर तन्दुरी ढावामा हुने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न र सट्टेबाजी गर्न नहुने व्यवस्था छ । यसरी सट्टेबाजीमा संलग्न भए बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?