+
+

१९ किलो सुनबारे सीआईबीले पनि थाल्यो अनुसन्धान, थप एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १९:४३
पक्राउ परेका सुडानी नागरिक ।

२१ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १९ किलो सुनका बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ ।

विमानस्थलमा ८ पुसमा भन्सार जाँचका क्रममा सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद भएको थियो । विमानस्थलभित्रै भन्सारले समातेको हालसम्मकै सबैभन्दा बढी परिणामको सुन भएकाले त्यसमा विस्तृत अनुसन्धान थालेको सीआईबी स्रोतले अनलाइनखबरलाई बतायो ।

फ्लाई दुबईको फ्लाइट नम्बर एफ२५३९ बाट सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दन १९ किलो अर्धठोस सुनसहित पक्राउ परेका थिए । उनले त्यो सुन डेलिभर गर्न लागेका व्यक्तिलाई सीआईबीले समातेको छ ।

हालसम्म पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन । तर, सीआईबीका एक अधिकृत भन्छन्, ‘उनले ल्याएको सुन भारततिर लगिँदै गरेको देखिएको छ ।’ ती अधिकृतका अनुसार प्रकरणमा संगठित गिरोहको संलग्नतामा हुनसक्ने भन्दै सीआईबीले पनि अनुसन्धानमा चासो देखाएको हो । भन्सारका एक अधिकृत पनि भन्छन्, ‘सीआईबीसँग मिलेर विस्तृत अनुसन्धान भइरहेको छ ।’

डाफल्लाले लगाएको कालो रंगको ज्याकेटभित्र फल्स बटम बनाएर राखिएको अवस्थामा १० वटा सुन जस्तो देखिने अर्धठोस पदार्थ बरामद भएको थियो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार डाफल्लालाई सुडानी साढे ३ लाख रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर नेपाल पठाइएको थियो । उनलाई दुई दिन नेपाल घुमाइदिने पनि भनिएको थियो ।

२०७५ सालमा चुडामणि उप्रेती ‘गोरे’को व्यवस्थापनमा चलेको सुन तस्करीको ठूला र्‍याकेट ध्वस्त भएपछि नेपालमा ठूलो परिणाममा सुन बरामद भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?