+
+

व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक छु : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १५:१५

२२ पुस, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् ।

१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।

एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?