+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देउवालाई भेटेपछि विश्वप्रकाशले भने- कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १८:२०

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’

उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे । ‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’

कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भन्नुभएको भए पार्टीलाई थाहा नहुने उनले बताए ।

पार्टीको नेतृत्वले सावधानी अपनाउन नसक्दा राजनीतिक दुर्घटना भएको भन्दै उनले अन्तिम समयमा महामन्त्रीहरूको पनि पर्याप्त हस्तक्षेप नपुगेको स्वीकार गरे । ‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुनसकेन भनेर हामी पनि आत्मालोचित हौंला,’ उनले भने, ‘तर पनि दुर्घटना नभएर सेफ ल्याण्डिङ भयो, पाइलटको प्रसंशा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?