+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गृहमन्त्री लामिछानेले हटाए अगुवा पछुवा गाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते २०:१४

२२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’

उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने बताउँदै भनेका छन्, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा  प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो  कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्था बाहेक आफूबाट त्यस्तो गतिविधि नहुने भनेका छन् ।  व्यक्तिगत कामका लागि कतै जानु परे वा विदाका दिनमा हिँड्नु परे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । भनेका छन्, ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?