+
+

काठमाडौंलाई हराउँदै विराटनगर नेपाल टी-२० को प्लेअफमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १२:३२

२३ पुस, काठमाडौं  । नेपाल टी-२० को लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स प्लेअफ प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको लक्ष्य पेस गरेको थियो ।विराटनगरले १८.४ ओभरमा तीन विकेट मात्रै गुमाउँदै १६० रन बनाएर जित हात पार्‍यो ।

विराटनगरको जितका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद ७ बलमा २ चौकासहित १० रनमा क्याच आउट भए । हुसेन तलात १२ बलमा २१ रन बनाउँदै अबिनास बोहोराको बलमा बोल्ड भए ।

त्यस्तै ओपनर गौरान्सु शर्माले ५१ रनको अर्धशतकीय पारीसहित अविजित रहे । पाँचौं ब्याटर विवेककुमार यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे ।

काठमाडौंका लागि अबिनास बोहोराले २ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४/३४ रन बनाए । यो नै काठमाडौंका लागि सर्वाधिक रन भयो ।

सन्दीप रजालीले २४ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए । ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे । त्यस्तै वसिर अहमदले ८ बलमा एक चौका र एक छक्काको मद्धतमा १७ रनमा अविजित रहे ।

लोकेश बम राज ननन्को बलमा शून्यमै क्याच आउट भए । त्यस्तै ननन्ले कमलसिंह ऐरीलाई १६.६ ओभरमा डगआउट गराए ।

विराटनगरका लागि राज ननन्ले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक/एक विकेट लिए ।

यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।

काठमाडौं भने आजै हुने दोस्रो खेलमा पोखरा फारवेष्टसँग पराजित भएको खण्डमा मात्र प्लेअफ पुग्ने सम्भावना रहन्छ ।

आज दोस्रो खेल फारवेष्ट युनाइटेड र पोखरा एभेन्जर्सबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?