+
+

राष्ट्रियसभा अध्यक्षको प्रश्न : कर तिर्न पनि घुस खुवाउन पर्‍यो भने कसरी सुशासन हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १८:३७

२३ पुस, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकता, राहदानी वितरणजस्ता काममा नागरिकले सास्ती पाउनुले सुशासनमाथि प्रश्न उठेको बताएका छन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राखे ।

‘सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने कुरामा पनि झमेला । अब त्यस्ता केही कुराहरु छन् भने त्यसलाई तत्काल हटाउनुपर्‍यो । चाहे त्यो नागरिकता दिन सिफारिस दिने कुरा होस् र उद्योगधन्दा खोल्नुपर्‍यो, पैसा नखुवाई हुन्न भन्ने कुरा सुन्नपर्‍यो भने त्यो सुशासन हुुन्छ ? उद्योगधन्दा गर्छु भन्दा हुँदाहुँदा कर तिर्न जाँदा पनि घुस खुवाउनु पर्‍यो भने त्यो कसरी सुुशासन हुन्छ ?’ उनले प्रश्न गरे ।

अध्यक्ष तिमिल्सिनाले मन्त्री र नेताहरुले बोलेका कुरा गरिदिए पनि धेरै राम्रो हुने बताए । ‘एउटाको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं । सरकार चलाउनका लागि मात्रै होइन’ उनले भने, ‘जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ । किनभने बोल्न त कसैले नराम्रो बोल्नु हुन्न । बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ । चुनावमा भोट माग्न जाने कुरा राम्रै छ । त्यही गरिदिए त पुगिहाल्यो नि । बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?