
२४ पुस, काठमाडौं । स्पेनिस महारथी क्लब रियल मड्रिडले ला लिगामा सिजनको दोस्रो हार ब्यहोरेको छ । शनिबार राती भिल्लारियलसँग पराजित भएसँगै उसले अंकतालिकाको शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ ।
एरेमी पिनोले घरेलु टोली भिल्लारियललाई दोस्रो हाफको सुरुवातमा अग्रता दिलाएका थिए । तर, जुआन फोयथले बक्सभित्र ह्याण्ड गरेपछि करिम बेन्जेमाको पेनाल्टी गोलमार्फत ६०औं मिनेटमा रियलले खेल बराबरीमा ल्यायो ।
त्यसको तीन मिनेटपछि फोयथले पेनाल्टी जिते । जेरार्ड मोरेनोले पेनाल्टीमार्फत गोल गरे । त्यसपछि खेलमा गोल हुन सकेन ।
रियल ला लिगा अंकतालिकाको दोस्रो स्थानमा छ । लिग लिडर बार्सिलोनासँग समान ३८ अंक भए पनि एक खेल बढी खेलेको रियल गोलअन्तरमा पछि छ । आइतबार बार्सिलोनाले एट्लेटिको मड्रिडसँग खेल्दैछ ।
लगातार तेस्रो जितपछि भिल्लारियल पाँचौं स्थानमा उक्लिएको छ । स्टाडियो डे ला सेरेमियामा रियलमाथि हावी देखिएको भिल्लारियलले धेरै अवसरहरु सृजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4