+
+

आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:५२

काठमाडौं । आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नेछन् ।

यो अफर आईएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले राखेको छ ।

यस अफर अवधिभर ग्राहकहरुले काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटका साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?