+
+

प्रभु इन्स्योरेन्सले ७.०५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:०१

२५ पुस, काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीहरूलाई ७.०५ प्रतिशत लाभांश दिने भएको छ । २४ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?