+
+

सेलिब्रिटी कार्ड बाँड्ने तयारीमा बोर्ड, पेन्सन र सिंहदरबार प्रवेशको सुविधा दिइनुपर्ने सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:५२

काठमाडौं । चलचित्र विकास बोर्डले दोस्रो चरणको सेलब्रिटी कार्ड वितरणको तयारी थालेको छ । अध्यक्ष भुवन केसीले सम्बद्ध संघसंस्थालाई पत्र लेख्दै सुझाव समेत मागेका छन् । आज बोलाइएको सल्लाहकार समिति बैठकमा कार्डसहित समसामयिक विषयमा पनि छलफल गर्ने योजना छ ।

सेलिब्रिटी कार्ड वितरण गर्ने भन्दै बोर्डले सुझाव मागेपछि चलचित्र निर्माता, प्राविधिक, कलाकार, चलचित्र संघले सुझाव पठाएका छन् । सेलिब्रिटी कार्डबारे बोर्डले सुझाव मागेपछि आफूहरुले जवाफ दिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

कार्ड पाउने सेलिब्रिटीलाई पेन्सन र भत्ताको व्यवस्था गर्नुपर्ने, विमानस्थल र सिंहदरबारमा प्रवेशमा सहज हुनुपर्ने र अनुसन्धान गरेर मात्र कार्ड वितरण हुनुपर्ने सुझाव कलाकार संघको छ । अध्यक्ष खड्का स्वयंले पनि २०७३ सालमा सेलिब्रिटी कार्ड लिइसकेका छन् । पहिलो चरणमा कार्ड पाउनेले सात महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षबाट प्रवेश अनुमति पाएका छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेलिब्रिटी कार्ड पाउनेलाई विमानस्थलको भीआईपी कक्ष प्रवेशको अनुमति दिनेबारे राजपत्रमा सूचना प्रकाशन गर्न लगाएका थिए ।

निर्माता संघले पनि सेलिब्रिटी कार्डबारे बोर्डलाई सुझाव दिएको छ । अध्यक्ष नवल खड्काका अनुसार सेलिब्रिटी कार्डको नाम बदल्नुपर्ने सुझाव समेत दिइएको छ । ‘सेलिब्रिटी कार्डले प्राविधिकहरुलाई समेट्दैन । यसलाई बदल्नुपर्छ,’ सुझावबारे अध्यक्ष खड्काले अनलाइनखबरसँग भने । कार्ड पाउनेलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने, सिंहदरबार र विमानस्थलमा सहज पहुँच दिनुपर्ने सहितका सुझाव पनि निर्माता संघले दिएको छ ।

सल्लाहकार समिति सदस्य समेत रहेका कलाकार संघका अध्यक्ष खड्काले सोमबार बेलुका समितिको बैठक बोलाइएको र कार्डसहित समसामयिक विषयमा छलफल हुने जानकारी दिए । यही सन्दर्भमा बोर्डले दोस्रो चरणमा कार्ड पाउने सेलिब्रिटीको नाम गोरखापत्रमा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?