+
+

प्रेमनारायण भुसालको ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:०६

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रेमनारायण भुसालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ पुस्तक प्रकाशन गरेको छ ।

उक्त पुस्तकलाई साहित्यकार तथा समालोचक भुसालले गद्य आख्यान विभागको अनुसन्धान कार्यक्रम अन्तर्गत तयार पारेका हुन् । लेखकले यस पुस्तकका चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई समेत प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको बताएका छन् ।

परम्परागत रूपमा गरिंदै आएको अध्ययनभन्दा यस किताबमा फरक किसिमले कथाको विश्लेषण गरिएको कुरा उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा व्यक्त गरेका छन् । गद्य आख्यान विभागकी प्रमुख कथाकार माया ठकुरीले भुसालका कृतिमा मनका कुण्ठा, पीडा आक्रोश आदि नकारात्मक पक्षको सूक्ष्म विश्लेषण भएको उल्लेख गरेकी छन् ।

पुस्तक चार परिच्छेदमा रहेको पुस्तकले मनोविज्ञानका सामान्य र असामान्य दुवै पक्षको मनोविज्ञानका क्षेत्रमा देखा परेका विभिन्न सम्प्रदायको परिचय समेत दिन्छ । अमेरिकी मनोचिकित्सा संघले प्रकाशन गरेको मानसिक समस्याहरुको निदान र साङ्खिकीय पुस्तिका (डीएसएम पाँच)ले निर्धारण गरेका असामान्य मनोविज्ञानका हरेक पक्षको सटिक विश्लेषण गरिएकाले मनोविज्ञानमा रुचि राख्ने पाठकका लागि यो कृति राम्रो स्रोत सामग्री बन्ने अपेक्ष गरिएको छ ।

भुसालका कथा, कविता र मनोवैज्ञानिक लेखरचना विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । उनले गत वर्ष बालबालिकासँग कस्तो व्यवहार गर्ने ? शीर्षकको पुस्तक प्रकाशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?