+
+

सेयर बजारमा निरन्तर बढ्दो उत्साह, गत जेठ यताकै उच्च बिन्दुमा नेप्से  

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १५:३७

२५ पुस, काठमाडौं । नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अंकमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदुमा पुगेको हो ।

साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ४७.१७ अंकले वृद्धि हुँँदा २२११.७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।

निक्षेपमा वृद्धि भएपनि बैंकमा लगानी गर्ने विश्वासिलो वातावरण नभएको भन्दै कर्जा लगानी हुँदा बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीतिगत दर घटाउन लगातार दबाब दिंदै गर्दा माघदेखि निक्षेपको ब्याजदर पनि घट्ने अपेक्षा लगानीकर्ताले लिएका छन् । तरलता सहज बन्दै गएको र ब्याजदर घट्ने अपेक्षा तथा चालुपूँजी कर्जा मागर्दशर्नमा भएको संशोधनले सेयर लगानीकर्ताको मनोबल बढेको छ ।

सोमबार नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा वृद्धि हुँँदा हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ४.९४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.११ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक भने ०.७० प्रसतिशतले घटेको छ ।

सोमबार नेप्सेमा कुल २१० कम्पनीको सेयर कारोबार भएकोमा करिब एक दर्जन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । कारोबार भएकामध्ये १७३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा अधिकाम्स जलविद्युत कम्पनी रहेका छन् ।

स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.५७ प्रतिशतले गिरावट हुँदा धौलागिरी लघुवित्तको सेयरमूल्य २.४४ प्रतिशत र डिप्रोक्स लघुवित्तको सेयरमूल्य १.८० प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?