+
+

लुम्बिनीमा दलहरु जुटे सरकार गठनको तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १६:४०

२५ पुस, दाङ । सत्तारुढ दलका शीर्ष नेताले केन्द्रदेखि प्रदेशसम्म भागबण्डा टुंग्याएसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको तयारी सुरु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न २७ पुससम्मको समय दिएका छन् ।

आइतबार सत्तारुढ दलका शीर्ष नेताहरुबीच लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने सहमति भएपसँगै एमालेले अन्य दलहरुसँग छलफल अघि बढाएको छ ।

लुम्बिनीमा एमाले प्रदेशसभा संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । सोमबार प्रदेशको स्थायी राजधानी देउखुरीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो २ बजेदेखि प्रदेश सरकार गठन गर्नका लागि सत्तारुढ दलहरुबीच छलफल चलिरहेको छ ।

मुख्यमन्त्रीको प्रेस सल्लाहाकार मानसिंह विश्वकर्माले सरकार गठनका प्रराम्भिक तयारीबारे सत्तारुढ दलहरुको बैठक चलिरहेको बताए । बैठकमा नेकपा एमाले, नेकपा माओावादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टी, जनमत र जनता समाजवादी पार्टी  सहभागी छन् ।

केन्द्रबाट मुख्यमन्त्री, सभामुख र उपसभामुख कुन दलले पाउने भन्ने टुंगो लागे पनि मन्त्रालय बाँडफाँड लगायतका कुरा कसरी मिलाउने भन्नेबारे दलहरु छलफलमा जुटेका छन् । सत्तारुढ दलले केन्द्रबाट गरेको निर्णय अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री, माओवादी केन्द्रले सभामुख र राप्रपाले उपसभामुख पाउने गरी भागबण्डा टुंगिएको छ ।

लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र  नागरिक उन्मुक्तिको ४/४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?