+
+

देउवालाई ओलीको प्रश्न : गुरुजी, ०५८ मा संसद विघटन तपाईँले गरेको होइन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १४:१९

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।

लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

देउवाले संसद विघटन २०५९ जेठ ८ गते गरेका थिए । देउवाले विघटन गरेको मितिमा भने ओली झुक्किएका छन् ।  त्यसबेला ०४७ को स‌ंविधानकाे प्रावधानमा टेकेर विघटन गरे पनि देउवा तोकिएको समयमा चुनाव गराउन नसकेकोमा आलोचित मात्रै बनेनन्, तत्कालीन राजा ज्ञानेन्द्रले स्वय‌ं उनैलाई हटाएर कु गरे ।

हालको संविधानमा भने सामान्य अवस्था छँदा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?