+
+

मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:३०

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ ।

स्थापनाको १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनोट गरी आवश्यकता अनुसार थोपा सिंचाइ करेसाबारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ ।

दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?