+
+

कांग्रेसको प्रमुख प्रतिपक्षको भूमिका सुरक्षित छ : उपसभापति खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:१२

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेसको प्रतिपक्षी भूमिका सुरक्षित रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परिस्थिति हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ ।

त्यही अनुसार यस पटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो, प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ । बोलेरै भोट हालेका छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?