+
+

शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:३३

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना गरी ७० जना विजेताहरुको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले १८ मंसिरदेखि देशभर “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशीको उपहार योजना सञ्चालन गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाएको थियो । यस योजनामा छोटो समयमै ग्राहकहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीको भनाइ छ ।

पहिलो लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन् ।

दोस्रो पुरस्कार अन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन ।

तेस्रो पुरस्कार अन्तर्गत बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की र राजन गुप्ताले आधा केजी चाँदीको उपहार प्राप्त गरेका छन् ।

चौथो पुरस्कार अन्तर्गत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?