+
+

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ७:०६

२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् ।

खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार -हिजो) संसदमा विश्वासको मत पाएका थिए ।

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका-६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन् । सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन पनि गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?