+
+

बागमतीका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ११:५३

२७ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

माओवादी केन्द्रका जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।

प्रदेश सरकारले पूर्णता पाउन भने एक महिना लाग्न सक्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

मंगलबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाउने सम्बन्धमा प्रतिवेदन बनाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो । त्यही कार्यदलको प्रतिवेदन आएपछि र सत्ता साझेदार दलहरुबीचमा भागबण्डा मिलाएपछि मन्त्रिपरिषदले पूर्णता पाउने थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?