+
+

डोरबहादुर विष्टको जीवनमा आधारित वृत्तचित्रको विशेष प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:२२

काठमाडौं । लेखक तथा मानवशास्त्री डोरबहादुर विष्टको जीवनमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु (इन्टु द मिस्ट)’को विशेष प्रदर्शन गरिने भएको छ । माघ ४ गते विष्टको जन्मजयन्तीको सन्दर्भ पारेर फेसबुकमा सक्रिय ग्रुप ‘मुभी लभर्स’ले काठमाडौंको सीडीसी सिनेमामा वृत्तचित्रको विशेषा प्रदर्शन गर्न लागेको हो ।

‘नेपाली मानवशास्त्रका पिता’ भनेर चिनिने विष्टका थुप्रै किताब र अनुसन्धानात्मक लेख प्रकाशित छन् । उनका प्रकाशित पुस्तकहरुमा ‘भाग्यवाद र विकास’ ‘पिपुल अफ नेपाल’, ‘सोताला’, ‘रिपोर्ट फ्रम ल्हासा’, ‘डोरबहादुर विष्टका कथाहरू’ लगायत छन् ।

जुम्लाको चौधाविशा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न कटिबद्ध विष्ट सन् १९९५ अचानक गायब भए । उनी अहिलेसम्म पनि फेला परेका छैनन् । वृत्तचित्रले उनको प्राज्ञिक यात्रादेखि व्यक्तिगत विषय खोतल्ने प्रयास गरेको जनाइएको छ ।

वृत्तचित्रको निर्देशन सचिन घिमिरे र गौरव केसीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?