
३० पुस, सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरेलले शनिबार दिउँसो प्रदेश सभामा पुगेर उम्मेदवारी दिएका हुन् ।
कांग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।
सभामुखको उम्मेदवारीका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।समाचार तयार पार्दासम्म कांग्रेसका पोखरेलको बाहेक अन्यको उमेदवारी नपरेको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
सत्तारुढ गठबन्धनको भागवन्डा अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि सभामुख एमालेको भागमा परेको छ ।
एमालेले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । सभामुख टुंगो लगाउन भन्दै एमाले नेताहरु छलफलमा जुटेका छन् ।
उम्मेदवारी दर्ताको समय बज साँझ ५ बजेसम्म ५ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4