+
+

प्रत्यक्षदर्शी भन्छन्-विमान असन्तुलित भएर हल्लिंदै खस्यो

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ १ गते १२:०६

१ माघ, पोखरा । काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना हुनु अघि अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रवीन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।

‘खस्ने बेलमा विमान पूरै उल्टै भयो, एकैचोटि भुईंमा झर्‍यो’ उनले भने, ‘ठूलो आवाज आयो ।’

दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खोंचमा दुर्घटना भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?