+
+

दाङमा मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते ११:२५

२ माघ, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय  सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरूको राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?