+
+

पुसमा मात्र उठ्यो १ खर्ब २९ अर्ब राजस्व

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १८:३६

२ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यसमा सबैभन्दा धेरै संकलन पुस महिनामा भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत हो । सोहीकारण अन्य महिनाको तुलनामा पुसमा बढी राजस्व उठेको हो । पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ ।

पुस १ मा ३ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा ३० पुस मा ४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये कर राजस्व ४ खर्ब ५ अर्ब २६ करोड रुपैयाँ भएको छ । गैरकर राजस्व ५३ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ । यसबीचमा अनुदानबाट ४ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको सरकारले अन्य आम्दानी भने ३१ अर्ब ५ करोड रुपैयाँको भएको छ । यस अनुसार ६ महिनामा सरकारको कुल आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ बराबर भएको छ ।

आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोड बढी

महालेखाको तथ्यांक अनुसार पुस मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च सवा खर्बले बढी देखिएको छ । यस अवधिमा सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको छ । आम्दानी भने ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ भएको छ । जस अनुसार सरकारको आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोड रुपैयाँ धेरै भएको छ । सरकारले पहिलो ६ महिनामा कुल लक्ष्यको ३२.१३ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

पूँजीगत खर्च ५३ अर्ब ४५ करोड मात्र

६ महिनाको अवधिमा पूँजीगत प्रकृतिको खर्च मात्र ५३ अर्ब ४५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल पूँजीगत खर्च गर्ने लक्ष्यको मात्र १४.०४ प्रतिशत हो । तर, चालु खर्च भने ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ३८.४६ प्रतिशत हो । यस आवमा सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गर्दैछ । यसबीचमा वित्तीय व्यवस्थामा ६७ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

यस्तो छ सरकारी खर्च

  • चालु : ४ खर्ब ५५ अर्ब १२ करोड (३८.४६ प्रतिशत)
  • पूँजीगत : ५३ अर्ब ४५ करोड (१४.०५ प्रतिशत)
  • वित्तीय व्यवस्था : ६७ अर्ब ७६ करोड (२९.४४ प्रतिशत)
  • कुल : ५ खर्ब ७६ अर्ब ३४ करोड (३२.१३ प्रतिशत)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?