
अर्थमन्त्री रामेश्वर खनाल
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २५ भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद २५ असोजसम्म एक महिना थप गरेको छ।
- अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण र कर रकम २५ असोजसम्म तिर्न सकिने निर्णय गरेका छन्।
- २३ र २४ भदौको देशव्यापी कर्फ्यू र निषेधाज्ञाका कारण कार्यालय बन्द भएकोले करदाताले विवरण र कर तिर्न नसकेको भन्दै यस्तो निर्णय गरिएको हो।
३१ भदौ, काठमाडौं । २५ भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २५ असोजसम्म तिर्न सकिने गरी निर्णय गरेका हुन् ।
२३ र २४ भदौको देशव्यापी कर्फ्यू र निषेधाज्ञाका कारण कार्यालय बन्द भएको र करदाताले पेस गर्नुपर्ने विवरण र रकम तिर्न नसकेको भन्दै अर्थले यस्तो निर्णय गरेको हो ।
थप गरिएको अवधिभित्र विवरण र कर बुझाएमा जरिवाना, थप शुल्क र दस्तुर छुट हुने समेत मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4