
२ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा निधन भएका पोखरा १३ का सदाकत अलिमियाको शव परिवारले बुझेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो ।
पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
२६ वर्षीय उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
पोखरामा २४ जनाको मात्र पोस्ट मार्टम गर्न लागिएको छ र बाँकी शव काठमाडौं पठाइएको छ ।
पोखरामा आज अब २ वटा शवमात्र पोस्टमार्टम गरेर परिवारलाई बुझाउने अस्पतालले जनाएको छ । बाँकी शव भोलि पोस्टमार्टम गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4