३ माघ, काठमाडौं । क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ ।
उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। यसको भिडियो टुलारे काउन्टी शेरिफ अफिस (TCSO) को फेसबुक पेजमा पोस्ट गरिएको थियो ।
मृत्यु हुनेमा १७ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको उनले बताए । यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ। एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4