३ माघ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलले ननिकालेसम्म क्लब नछाड्ने बताएका छन् ।
साथै उनले आउँदो समरमा क्लबमा परिवर्तन हुने संकेत पनि गरेका छन् ।
‘या त प्रशिक्षकको स्थिति परिवर्तन हुन्छ, या त अरु धेरै कुरा परिवर्तन हुनेछ,’ जर्मन प्रशिक्षक क्लोपले भने ।
१८ खेल खेलेको लिभरपुल प्रियिमर लिगमा नवौं स्थानमा छ र चौथो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको भन्दा उसको १० अंक कम छ ।
लिभरपुलको प्रदर्शनप्रति आफू चिन्तित रहेको बताउने क्लोपले भने, ‘कसैले मलाई केही नभनेसम्म म जाने छैन ।’
क्लोप सन् २०१५ देखि लिभरपुलमा प्रशिक्षक छन् । सन् २०१९–२० को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि जिताएका उनले सन् २०१८–१९ मा च्याम्पियन्स लिग उपाधि उचालेका थिए ।
प्रतिक्रिया 4