
४ माघ, काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ४ माघ बिहान बसेको कम्पनी सञ्चालक समितिको बैंठकले उक्त प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको जनाएको छ ।
कम्पनीले प्रस्तावित ४० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीेा प्रस्तावित हकप्रद आागमी वार्षिक साधारणसभाबाट पारित भएर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासन हुनेछ ।
यस्तै कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि २१ औं वाषिर्क साधराणसभा २९ माघमा गर्ने निर्णय गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
कम्पनीले साधारणसभाको लागि १८ माघमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार १७ माघसमम कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया 4