+
+

राष्ट्रपति पद मेरा लागि होइन : डा. रुइत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:१६

४ माघ, काठमाडौं । डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए ।

त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत प्रश्न आएको थियो ।

प्रश्न सुन्नासाथ उनी हाँसे । जवाफमा डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताए । अहिले त्यसको कमी रहेको र त्यसलाई विश्वसनीय बनाउन सबैले काम गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘यो मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु । यही कारण म अगाडि आएको हो । मैले सक्ने जति गर्ने हो, सक्ने भन्दा अरु काम गर्दिनँ ।’

अहिलेलाई यो काम (राष्ट्रपति) भन्दा आफूले गर्न सक्ने काम धेरै रहेको डा. रुइतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?