+
+

प्याब्सन नकआउट क्रिकेट : मिनिल्याण्ड, ज्ञानदा र गौतम मावि विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते २०:३५

७ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा शनिबार गौतम मावि, ज्ञानदा एकेडेमी र मिनिल्यान्ड स्कुल विजयी भएका छन् ।

आदर्शनगर रंगशालामा जारी प्रतियोगितामा कञ्चनजंघा माविलाई १० विकेटले पराजित गर्दै गौतम मावि विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनजंघाले १५ ओभर खेलेर ५ विकेटका क्षतिमा ५९ रन बनाएको थियो । ६० रनको लक्ष्य पछ्याएको गौतम माविले २.४ ओभरमै बिना कुनै विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो । गौतम माविका नितेश चौधरी म्यान अफ द म्याच भए ।

त्यस्तै ओम नेशनल एकेडेमीलाई ५ विकेटले पराजित गर्दै ज्ञानदा एकेडेमी विजयी भएको थियो । टस जितेर ब्याटिङ रोजेको ओम नेशनलले १२.४ ओभर खेलेर १० विकेटको क्षतिमा ८३ रन बनाएको थियो । ८४ रनको लक्ष्यसहित व्याटिङ गरेको ज्ञानदाले १०.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । ज्ञानदा एकेडेमीका यसराज सरार्फ म्यान अफ दि मयाच घोषित भए ।

शनिबार सम्पन्न पहिलो खेलमा मिनील्याण्ड सेकेण्डरी स्कुलले माउन्ट एडमण्ड सेकेण्डरी स्कुललाई ५१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको मिनिल्याण्डले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

१ सय ६२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको माउन्ट एडमण्डले पुरै १५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय १० रन मात्रै बनाउन सक्यो । ३५ बलमा ९ चौका, ३ छक्का सहित ६३ रन बटुल्न सफल मिनिल्याण्डका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए ।

आइतबार एउटा नकटआउन चरणको खेल सकिएपछि प्रि क्वाटर फाइनल खेल सुरु हुनेछ ।

नकआउट चरणको अन्तिम खेलमा सेन्ट जेभियर्स र लिटल एन्जल भिड्नेछन् । भने प्रि क्वाटर फाइनलको दुई खेल हुनेछ । प्रि क्वार्टरफाइनलको पहिलो खेलमा मनकामना मावि र गोल्डेन फ्युचर मावि भिड्नेछन् भने दोस्रो खेलमा मिनिल्याण्ड र जीवनज्योतिबीच प्रतिस्पर्धा हुनेछ । २५ वटा टिममध्ये ८ वटाले बाई पाएर प्रिक्वार्टरफाइनलमा प्रवेश गरिसकेको प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?