+
+

स्वाबलम्बन लघुवित्तको २२औं वाषिर्कोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १६:३४

८ माघ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वाषिर्कोत्सव काठमाडौंमा सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई सेवा पुर्‍याएको  भन्दै शुभकामना व्यक्त गरिन् ।

लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा हुँदै पनि  हाल लघुवित्त सम्बन्धमा देखिएका गैरकानूनी र नीति विपरितका गतिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताइन् ।

लघुवित्त संस्थाहरुको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २०-२५ वटामा ल्याएर गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न उनले सुझाव दिइन् ।

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिवी न्यूनीकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए । आजको विग्रदो आर्थिक अवस्थामा सुधार ल्याउन लघुवित्तको योगदान रहने उनको भनाइ थियो । अर्का सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरुप चल्न सके लघुवित्तको सार्थकता हुने  बताए ।

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मूलुकको गरिवि निवारणमा पुर्‍याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तीकरणमा उत्कृष्ट प्ल्याटर्फम लघुवित्तले प्रदान गरेको बताए ।

लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छबिमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक रहेको पनि सञ्चालक सिवाकोटीले बताए ।

सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।

लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा वृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?