+
+
Shares

रुकुम पश्चिमको चौरजहारीमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ पुष १२ गते १४:४१

११ पुस, रुकुम पश्चिम ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ । स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो ।

​जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए । लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

​जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु  सकेट बम जस्तो देखिएको थियो । ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छ,’ पुनले भने ।

​विगतमा सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले यो वस्तु द्वन्द्वकालमै छुटेको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि, यसको आधिकारिक पुष्टि भने सेनाको प्राविधिक टोलीले जाँच गरेपछि मात्र हुनेछ ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?