+
+

९ वर्षीया जेतशिन डोना लामा बनिन् सारेगमपा लिटिल च्याम्पस सिजन ९ को विजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते २०:३५

९ माघ, काठमाडौं। भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् ।

आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।

लामासँग हर्ष सिकन्दर फर्स्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भइन् ।

पछिल्लो ३ महिनादेखि जारी सारेगमप भारतको चर्चित टेलिभिजन रियालिटी शो मध्‍येको एक हो।

ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन मिश्रा, जेतशिन लामा तथा न्यानेश्वरी घाडगेले दमदार प्रस्तुति दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?