+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

क्यान पदाधिकारी पनि अनुसन्धानको दायरामा आउँछन् : सीआईबी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १५:१४

१० माघ, काठमाडौं । नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङ प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी पनि छानविनको दायरामा आउने बताएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार गरेको पत्रकार सममेलनमा बोल्दै एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए ।

‘क्यानको काम खेल आयोजना हो । अहिलेसम्म क्यानका पदाधिकारीको संग्लग्नता देखिएको छैन । स्पट फिक्सिङको प्रमाण संकलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री सबै अनुसन्धानको दायरामा आउँछन्,’ पत्रकार सम्मेलनमा एसएसपी आचार्यले भने ।

सीआईबीले ४ नेपाली ६ विदेशीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसअनुसार पूर्व क्रिकेटर मेहबुब आलम र नेपाल टी–२० मा जनकपुर रोयल्सबाट खेलेका अलराउण्डर मोहम्मद आदिल आलम छन् । फ्रेन्चाइज टिमका ६ मध्ये चारजना म्यानेजरकै संगलग्नता भेटिएको प्रहरीले बताएको छ ।

सीआईबीले आफ्नो अनुसन्धानका क्रममा क्यानले आफ्नो साझेदार संस्थाको विश्वसनीयतामा ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय क्रिकेट र राष्ट्रको छविमा समेत प्रभाव पार्नसक्ने महत्व बोकेको नेपाल टी–२० लिगको रणनीतिक तथा व्यपारिक साझेदार, फ्रेन्चाइज टिमहरुको आर्थिक श्रोत, विगतमा क्रिकेट संघसँगको आवद्धता, पारदर्शीता, जवाफदेयिता र उत्तरदायित्व वहन गर्नसक्ने क्षमताका विषयमा उचित ध्यान दिन नसकेको आरोप क्यानमाथि छ ।

‘नेपालमा सेभेन थ्री स्पोर्टसले जुन हिसावबाट लगानी गरेको छ त्यसका लागि श्रोत के हुनसक्छ । लगानीअनुसारको प्रतिफल हुनसक्ने अवस्था छ कि छैन । मुख्य प्रायोजक भनिएको वान एक्स ब्याटको आर्थिक हैसियद के हो भन्ने अनुसन्धानमै छौं,’ एसएसपी आचार्यले पत्रकार सम्मेलनमा भनेका छन्, ‘यो लिग सन्चालनका लागि ती कम्पनीहरु क्षमतावान थिए कि थिएनन् भन्ने अनुसन्धानबाट खुल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?