+
+

स्पट फिक्सिङमा सेभेन थ्रीका मालिक र सीईओसहित ६ विदेशी संलग्न

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:१६
जतिन ।

१० माघ, काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न ५ जना विदेशी खेलाडीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको छ ।

फिक्सिङ प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४ नेपाली र ६ विदेशीको स्पट फिक्सिङमा संलग्नता देखिएको मंगलबार सार्वजनिक गरेको थियो ।

नेपाल टी–२० लिगको व्यपारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ क्यानसँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस नै स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया र सीईओ अभिशेख सक्लानी प्रतियोगिताकै दौरान पुस १८ गते भारत भागेका थिए ।

उनीहरुलाई प्रहरीले फरारको सूचीमा राखेको छ । त्यसबाहेक फिक्सिङ प्रकरणमा संलग्न गरेका विदेशीहरुमा एउटा टिमका टिम म्यानेजर, एक जना खेलाडी, एकजना टिम सपोर्ट स्टाफ र एकजना ब्रोकर (बुके) रहेको प्रहरीको भनाइ छ ।

यद्यपि उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

नेपालबाट चारजनाको संग्लग्नता रहेकोमा प्रहरीले पूर्व क्रिकेटर मेहबुब आलम, जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका मोहम्मद आदिल अन्सारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?