 
																			११ माघ, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति चुनावमा सहमतिको सम्भावना न्यून भएको बताएका छन् ।
‘राष्ट्रपतिको चुनावमा सहमति गरेर जाने सम्भावना म त ज्यादै कम देख्छु’ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेसले उम्मेदवार यो भनेको त छैन, बाहिर चर्चा दुई जना साथीहरुको आएको छ, यसमा हामी अरु दलसँग पनि छलफल गर्छाैं ।’ कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा आएको छ ।
उनले आफूहरुले डा. बाबुराम भट्टराईलाई स्वीकार गर्ने सम्भावना नरहेको बताउँदै नेपाली कांग्रेसको उम्मेदवारलाई सर्वस्वीकार्य बनाउन प्रयास गर्ने जानकारी दिए ।
हामी गर्भमेन्ट इन वेटिङ हो
नेपाली कांग्रेस नेता कोइरालाले प्रतिपक्षी दल भएको कारण कांग्रेसले जुनसुकै बेला सरकार ढाल्न र बनाउने क्षमता राख्ने बताए ।
प्रतिपक्षी दल गभर्मेन्ट इन वेटिङ रहेको बताउँदै उनले भने, ‘हामी प्रतिपक्षमा छौं, प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो, हामीले कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ ।’
‘कांग्रेस प्रतिपक्षमा छ, हामी गर्भमेन्ट इन वेटिङ हो, उनले फेरि भने, ‘पहिलेको सरकारमा पनि हामी साढे तीन वर्ष यस्तै (प्रतिपक्षमा) थियौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4